पर्वतको जलजलामा कालिगण्डकीले २० घर बगायो, सय बढी जोखिममा
११ असोज, वेनी । पर्वतको जलजलामा कालिगण्डकी नदीको बाढी पसेर २० भन्दा बढी घर डुबाएको छ । जलजलाको वडा नम्बर ८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बाढीमा डुबेको र केही घर बगेको वडाध्यक्ष हरि विकास जिसीले बताएका छन ।

उनले सय भन्दा बढी घर जोखिममा रहेको बताएका छन । मानिसहरू पहिल्यै नै सुरक्षितस्थानमा स्थानान्तरण गरिएकाले अन्य क्षतिको विवरण विस्तारै सार्वजनिक हुनेछ ।
प्रकाशित मिति : September 27, 2026 at 8:00 am




