९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

दुबईमा नेपाली पासपोर्ट अब हुलाकमार्फत घरमै डेलिभरी हुने

९ असोज, काठमाडौं । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएको राहदानी (पासपोर्ट) इमिरेट्स पोष्टमार्फत सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गरेको छ ।महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै राहदानी लिनकै लागि कार्यालयमा आउन छुट्टी नमिल्ने, समय र यात्रा खर्च हुने भन्दै सेवाग्राहीबाट हुलाकमार्फत राहदानी डेलिभरीको व्यवस्था गर्न अनुरोध हुँदै आएकाले यस्तो व्यवस्था गरिएको जनाएको हो ।

अब महावाणिज्यदूतावासबाट राहदानी आवेदन दिने व्यक्तिले बायोमेट्रिक दिने समयमा नै डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ । राहदानी बनेर आएपछि डेलिभरीका लागि इमिरेट्स पोष्टलाई दिइनेछ । डेलिभरीको समयमा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोष्टलाई डेलिभरी शुल्क १५ दिराम तथा भ्याटसहित १५.७५ दिराम बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : September 25, 2026 at 3:09 pm