राजमार्ग अवरुद्ध भएपछि बल्खु, कलंकी र नागढुंगामा रोकिए मालवाहक ट्रक
९ असोज, काठमाडौं । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकाबाट बाहिरिने मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्।
अविरल वर्षा र ठाउँ–ठाउँमा खसेको पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध हुँदा उपत्यकाबाट बाहिरिन लागेका मालवाहक ट्रकहरू सडकमै अलपत्र परेका छन् । पहिरोले गर्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने त्रिभुवन राजपथमा मालवाहक सवारी आवागमनमा रोक लगाइएको छ ।

राजमार्ग ठप्प भएपछि मालवाहक सवारीसाधनहरू काठमाडौँको बल्खु, कलंकी र नागढुंगा क्षेत्रका सडक किनारमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा अन्य सामान बोकेर राजधानीबाट विभिन्न जिल्लातर्फ जाने मालवाहक सवारी गन्तव्यतर्फ जान सकेका छैनन्।
प्रकाशित मिति : September 25, 2026 at 2:49 pm




