९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

ल्यान्डफिल साइटमा पहिरो, फोहर बाेकेर हिँडेका गाडी बिचमै रोकिए

९ असोज, काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर ढुवानी गर्ने सडकखण्ड अवरुद्ध हुँदा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ। काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल साइट गएका सवारी साधनहरु पहिरोको कारण रोकिएका छन् ।

शुक्रबार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेको गाडी रोकिएको हो ।

प्रकाशित मिति : September 25, 2026 at 11:43 am