९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा सवारी सञ्चालनमा रोक

८ असोज, काठमाडौं । लगातार वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यात्रु र सवारीसाधनको सुरक्षालाई सुनिश्चित गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको छ।

प्रकाशित मिति : September 24, 2026 at 3:03 pm