८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

८ असोज, काठमाडौँ । सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । डोल्पाको जुफाल विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि आगलागीबाट जहाज जोगिएको छ। दुर्घटनाका कारण जहाज अहिले पनि रनवेमै रहेको छ।

प्रकाशित मिति : September 24, 2026 at 9:45 am