१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिट खारेज

६ असोज, काठमाडौं । सर्वोच्च अदालतले  रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध  परेको रिट खारेज गरिदिएको छ । मंगलबार न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गरेको हो।

dainiki.com

टीकापुर हत्याकाण्डको मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद सजाय पूरा नहुँदै कैद छुट दिएपछि सो विरुद्ध पीडित शारदा बोहरा कडायतले मुद्दा दर्ता गरेकी थिइन् । माफीमिनाहा विरुद्ध सर्वोच्च अदालत पुगेकीकडायतको रिट निवेदन खारेज भएको हो ।

प्रकाशित मिति : September 22, 2026 at 5:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/