६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सांसद खगेन्द्र सुनारले मूल्यबारे प्रश्न उठाएपछि संसद्‌को क्यान्टिन बन्द

६ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि संघीय संसद् भवनमा सञ्चालन हुँदै आएको क्यान्टिन बन्द भएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले क्यान्टिनमा महँगो मूल्य तोकिएको भन्दै प्रश्न उठाएका थिए।

सांसद सुनारले संसद् सचिवालयभित्र सञ्चालन भइरहेको क्यान्टिनमा कालो चियाको मूल्य १०० रुपैयाँ र ममको ३०० रुपैयाँ तोकिएको भन्दै आपत्ति जनाएका थिए। उनले क्यान्टिनको मूल्य निर्धारण गर्दा सांसदसँगै संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी तथा मर्यादापालकको आर्थिक अवस्थासमेत विचार गर्नुपर्ने बताएका थिए। संसद् परिसरका क्यान्टिनमा सर्वसाधारणको पहुँचमा हुने गरी मूल्य कायम गर्नुपर्ने उनको माग थियो।

dainiki.com

सुनारले संसद्मा यसबारे आवाज उठाएको भोलिपल्ट प्रतिनिधिसभा सदस्यका लागि सञ्चालन गरिएको क्यान्टिन बन्द गरिएको हो। यद्यपि क्यान्टिन किन बन्द गरिएको हो र आगामी दिनमा पुनः सञ्चालन हुन्छ वा हुँदैन भन्नेबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।

प्रकाशित मिति : September 22, 2026 at 2:28 pm