६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतिक्षा बेन्च स्थापना

६ असोज, काठमाडौँ । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।

बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।सर्वसाधारण तथा यात्रुहरूको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रतीक्षा–बेन्च बाट बाटो हिँड्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रतीक्षा–बेन्च बाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष रूपमा सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए । उनले स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता कार्यहरूलाई निरन्तरता दिइने समेत बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ ।

प्रकाशित मिति : September 22, 2026 at 11:28 am