त्रिपुरेश्वर बस आगलागीमा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु
६ असोज, काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीको क्रममा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान खुलिसकेको छैन। सुरूमा उनको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले चालक दावा लामा बताएको थियो । तर, दावाले लाइसेन्सवाला दावा आफू भएको र सकुशल रहेको बताएपछि उनले लाइसेन्सको दुरूपयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले दावा लामा नाम गरेका व्यक्ति सम्पर्कमा आएपछि ती चालकको नाम नखुलेको हो। चालकको कोही आफन्त पनि सम्पर्कमा आइनसकेको हुँदा सनाखत नभएको एसपी सुवेदीले बताए।
प्रकाशित मिति : September 22, 2026 at 10:05 am




