१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

६ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन्।

dainiki.com

प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नेछन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : September 22, 2026 at 9:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/