टेकुको एक प्लास्टिक गोदाममा आगलागी
५ असोज, काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी रहेको छ ।
प्रकाशित मिति : September 21, 2026 at 6:12 pm




