५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बसमा आगलागीका कारण राहदानी सेवा प्रभावित

५ असाेज, काठमाडाैं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बसमा आगलागीका कारण राहदानी सेवा प्रभावित भएको छ । विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो।

विभागले सोमबार सूचना जारी गर्दै विद्युत् तथा इन्टरनेट सेवामा अचानक अवरोध सिर्जना भएपछि विभागको मुख्य सर्भर र प्राविधिक प्रणाली सञ्चालन हुन नसक्दा राहदानीको छपाइ प्रक्रियामा प्रत्यक्ष असर पर्न गएको जनाएको छ ।

dainiki.com

 छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा बन्ने क्रममा रहेका राहदानीहरू समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ उत्पन्न भएको विभागले जनाएको छ ।वर्तमान अवस्थालाई ध्यानमा राख्दै राहदानीका लागि आवेदन दिइसकेका सेवाग्राहीलाई धैर्य गरी सेवा लिन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार राहदानी आवेदन संकलन प्रक्रिया भने पूर्ववत् रूपमा सुचारु रहनेछ। उल्लेखित समस्या समाधान भएपछि राहदानी वितरण सेवासमेत नियमित हुने विभागले जनाएको छ।

प्रकाशित मिति : September 21, 2026 at 5:22 pm