त्रिपुरेश्वरमा चालक आफैँले गरे बसमा आगजनी
५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामाले आफू भित्रै बसेर गाडीमा आगो लगाएकाे प्रहरीको प्रारम्भित्र बुझाइ छ।

उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ। बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहायतामा निभाइसकेको छ। चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन। यद्यपि, ट्राफिक प्रहरीसँगको विवादका कारण उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रकाशित मिति : September 21, 2026 at 1:20 pm




