५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

५ असोज, काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो।कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

dainiki.com

सो अवधिमा २३ लाख ५१ हजार ५६० जनाले २ करोड ६२ लाख ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ५ हजार २३३ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। जस अनुसार ८६ हजार ३२० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। भने बाँकी आवेदकको हात खाली भएको छ।

कम्पनीकाे आईपीओ नतिजा  सार्वजनिक हुन केही समय लाग्ने जनाएको छ। सार्वजनिक भएपछि आईपीओ नतिजा  https://iporesult.cdsc.com.np/  , https://www.nmbcl.com.np/ipo र  https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ।

प्रकाशित मिति : September 21, 2026 at 9:49 am