२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

२ असोज, काठमाडाैँ । सूर्य नेपाल प्रा. लि.को सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रा. लि. (SNVPL) ले नेपालमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ। यस नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध—Absolute, Royale र Intensity—एउटै प्याकमा समावेश गरिएको छ।

 परम्परागत सुगन्धसँग आधुनिक अनुभवलाई जोड्दै मङ्गलदीप सेन्ट ३ इन १ लाई नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखी विकास गरिएको हो। चारकोलरहित तथा लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता हुन्। एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मूड वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन्।

dainiki.com

“मङ्गलदीप सेन्ट ३ इन १ ले नेपाली उपभोक्ता समक्ष नवीन र सोच-विचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई स्वस्थकर तर थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौं। सेन्ट ३ इन १ लाई सार्वजनीकरण गरि नेपाली उपभोक्तालाई बुझ्दै र उनीहरूको बदलिँदो आवश्यकता अनुसार अघि बढ्दै जाने हाम्रो निरन्तर लगानीलाई पुनः पुष्टि गर्दछ,” सूर्य नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, गौरव तायलले भने।

मङ्गलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि विश्वसनीय नामका रूपमा स्थापित रहँदै आएको छ। सेन्ट ३ इन १ मार्फत ब्रान्डले परम्परा र आधुनिक सुगन्ध अनुभवलाई एकै ठाउँमा ल्याउँदै आफ्नो उत्पादन पोर्टफोलियोलाई थप विस्तार गरेको छ।

मङ्गलदीप सेन्ट ३ इन १ रु. १०० र रु. २०० का प्याकमा उपलब्ध हुनेछ। यो उत्पादन नेपालभरका किराना पसल, जनरल ट्रेड तथा मोडर्न ट्रेड आउटलेटहरूमा उपलब्ध हुनेछ। मङ्गलदीपको पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरलगायत विभिन्न लोकप्रिय सुगन्धहरू रहेका छन्।

प्रकाशित मिति : September 18, 2026 at 3:49 pm