२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक

२ असोज, काठमाडौं । भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार उपहार घोषणा गरेको थियो । जसअनुसार १ देखि १५ भदौको बम्पर विजेता लक्ष्मण सुनार रहेका छन् । १५ देखि ३१ भदौबीचको बम्पर विजेता विवेक बिके रहेका छन् । उनीहरू दुवै जनाले १०/१० लाख रुपैयाँ जितेका छन् ।

dainiki.com

विभागका अनुसार १ देखि १५ भदौसम्मका विजेतामध्ये १४ जनाको नाम सार्वजनिक भएको छ । उनीहरू प्रत्येकले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : September 18, 2026 at 3:01 pm