२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

माथिल्लो त्रिशूली थ्री–ए को टनेलबाट ६ वटा शव निकालियो

२ असोज, काठमाडौं । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।

dainiki.com

सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति : September 18, 2026 at 1:10 pm