१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

१ असाेज, काठमाडाैं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘संविधान दिवस अफर २०८३’ अन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराउने जनाएको छ।

अनलिमिटेड लाइट ४९९ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध हुनेछ। यसअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डेटा प्रयोग गर्न पाउनेछन्। दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा चलाउन सकिनेछ।

यस्तै, बढी डेटा प्रयोग गर्ने ग्राहकका लागि अनलिमिटेड प्रो ६९९ प्याकेज ल्याइएको छ। ६९९ रुपैयाँमा उपलब्ध हुने यो प्याकेजअन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डेटा पाइनेछ। दैनिक १० जीबीको सीमा सकिएपछि पनि ग्राहकले ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा चलाउन सक्नेछन्।

 पोस्टपेड मोबाइल प्रयोगकर्ताका हकमा प्याकेजमै रेन्टल चार्जसमेत समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ। यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन खरिद गर्न सकिनेछ। अफर लिन ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन्। नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले संविधान दिवसको अवसर पारेर ग्राहकलाई सहुलियतपूर्ण डेटा सुविधा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको बताएका छन्।

प्रकाशित मिति : September 17, 2026 at 5:02 pm