३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

३१ भदौ, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति पौडेलसमक्ष बुझाएका हुन् ।

निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष बुझाएका हुन् ।

प्रकाशित मिति : September 16, 2026 at 12:52 pm