नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मीनबहादुर बोहरा नियुक्त
३१ भदौ, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मीनबहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति असोज १ गतेदेखि लागू हुने संस्थाले जनाएको छ ।

नेरुडे मिर्मिरे लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ ।
प्रकाशित मिति : September 16, 2026 at 10:25 am


