इन्द्रसरोवरमा इभी दुर्घटना हुँदा ४ जनाको मृत्यु
३० भदौ,काठमाडाैं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार इभीमा ८ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनामध्ये ३ जनालाई उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा ल्याइएको छ ।
प्रकाशित मिति : September 15, 2026 at 4:48 pm


