उच्च अदालतमा तीन न्यायाधीश सिफारिस
३० भदौ, काठमाडौं। न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको सिफारिससहित उच्च अदालत सुर्खेतमा पदस्थापनाका लागि सिफारिस गरेको छ ।

त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरमा सिफारिस गरिएको छ। फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको छ।
प्रकाशित मिति : September 15, 2026 at 12:43 pm


