२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

भोटेकोशी बाढीको १९ औँ दिन : बाँसको फड्केले जोड्दै रसुवाको लाइफलाइन

२८ भदौ, नुवाकोट । भदौ १० बिहानको भेटेकोशीको विनाशकारी बाढीले बेत्रावतीलाई समेत दुई किनारमा सीमित गरिदियो । बेत्रावती बजार नुवाकोट र रसुवा दुबैतर्फ फैलिएको ऐतिहासिक बजार थियो । बेत्रावतीको दुई किनार जोड्नका लागि रसुवा र नुवाकोटको सीमा भएर बग्ने फलाखु खोलामा दुईवटा पक्की पुल थियो । तर दुबै पुल बाढीले बगायो ।

बाढीले पुलमात्र बगाएर बेत्रावतीको अस्तित्वसमेत मेटियो । नेपाल हुँदै चीन र भारत जोड्ने त्रिदेशी व्यापारिक मार्गको रुपमा विकास हुँदै गरेको यस ठाउँमा बाढीको १९ औँ दिनमा बाँस र काठको फड्के बनाएर वारपार सजह बनाउने काम हुँदैछ । यो रसुवाको लाइफलाइन समेत हो ।

तत्कालका लागि बाँसकै फड्केबाट भए पनि रसुवाको लाइफलाइन जोडिन लागेको छ । सवारीसधान गुड्न सम्भव नभए पनि मानिसहरुको अवतजावतमा फड्केले निकै सहज बनाउने छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले फड्के निर्माणको काममा सहयोग गरिरहेका छन ।

प्रकाशित मिति : September 13, 2026 at 4:20 pm