२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

२६ भदौ, काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पराजुलीलाई आगामी मंसिर मसान्तसम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो । भोटेकोशीमा आएको बाढीपछि अर्थ मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय राहत, उद्धार र पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अल्पकालीन नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

नवनियुक्त सल्लाहकार पराजुलीसँग संयुक्त राष्ट्रसङ्घमा लामो कार्य अनुभव रहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा उनको विज्ञता र अन्तर्राष्ट्रिय अनुभव नेपालमा बाढी प्रभावित क्षेत्रको मानवीय सहायता र पुनर्निर्माणमा उपयोगी हुने विश्वास मन्त्रालयले लिएको छ ।

अर्थमन्त्री डा. वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : September 11, 2026 at 4:55 pm