२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

पहिरोले थुनियो हुंगा खोला, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२६ भदाै, काठमाडाैं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ भएर बग्ने हुंगा खोलामा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। पहिरोले खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो पानी जमेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो । नदी तटीय क्षेत्रमा रहेका गाउँ बस्ती तथा नजिकका दुई वटा हाइड्रोपावरलाई अवस्थाबारे जानकारी गराएर उच्च सतर्कता अपनाउन भनिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

dainiki.com

प्रहरीका अनुसार हुंगा खोलामा पहिरो खसेर बनेको अवरोधलाई स्थानीयले ड्यामजस्तो संरचना बनेको अवस्थामा देखेका छन्। अहिले पानीको निकास भने सुरू भएको प्रहरीले जनाएकाे। तर पहिरो माथिबाटै पानी बगिरहेको र अवस्था संवेदनशील रहेकाले जोखिम कायमै रहेको जनाइएको छ। ड्याम फुटेमा हुङ्‍गा खोलाको पानी तल्लो तटीय क्षेत्र हुँदै सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका हुँदै खोटाङ र ओखलढुङ्गा जिल्लाको दुधकोशी नदीसम्म प्रभाव पार्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : September 11, 2026 at 1:31 pm