चितवनमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु
२६, भदौं, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो ।

कारभित्र नै रहेका एक जनाको जलेर मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । दमकलको सहायताले आगो निभाइएको थियो। आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।
प्रकाशित मिति : September 11, 2026 at 9:55 am


