२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

जीएसी आयोनको गाडी गुड्दा गुड्दै आगो लाग्यो, एक जनाको मृत्यु

२६ भदाै, चितवन । नेपालमा सीजी मोर्टर्सले आयात गरेको गुडिरहेको जीएसी आयोन (GAC AION Y) मा आगो लाग्दा एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–९ वसन्तचोकमा शुक्रबार बिहान जीएसी आयोनको इभीमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

शुक्रबार बिहान ६ बजेतिर पूर्वतर्फबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको जीएसी आयोनमा आगलागी भएको हो । आगो लागेर कारभित्रै जलेर मृत्यु हुनेमा भरतपुरकै अमर पराजुली रहेका छन । पराजुली राप्रपाका नेता समेत हुन । उनी भरतपुरको नारायणी विद्या मन्दिरका पूर्व सञ्चालक समेत हुन ।

आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले  आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

चीनको इलेक्ट्रिकल सवारी साधन उत्पादन गर्ने कम्पनी ग्वाङझाउ अटोमोबाइल ग्रुपले गाडी उत्पादन गरेको हो । नेपालमा यसलाई सीजी मोटर्सले नेपाल भित्र्याउने गरेको छ । केही वर्षअघि चीनमै पनि जीएसी आयोन कम्पनीको सेडान कारमा गुड्दा गुड्दै आगो लागेका कारण दर्जन भन्दा बढी छुट्टाछुट्टै घटनाहरू सार्वजनिक भएका थिए । त्यतिबेला उक्त गाडीहरूमा ब्याट्रीको कारण समस्या सिर्जना भएको भन्दै ब्याट्री परिवर्तन गर्ने विषय उठेको थियो ।  त्यस समयमा गाडीमा ब्याट्री सेलहरू फुल्ने, ब्याट्री लिक हुने र गुड्दागुड्दै गाडीको पावर सिस्टम अचानक बन्द हुने समस्या देखिएको थियो । यसले गर्दा गाडी धेरै बिग्रिने र गुड्दा गुड्दै रोकिने समस्या देखिएको थियो ।

प्रकाशित मिति : September 11, 2026 at 10:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/