प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा शासन चलाएको छः सांसद सिंह
२५ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वर्तमान सरकार संसदीय नभई‘सल्लाहकारतन्त्र र हुकुमी शैलीमा चलेको आरोप लगाएका हुन्।
सांसद सिंहले संसदीय व्यवस्थाको मर्ममाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीको सचिवालयको गतिविधिप्रति असन्तुष्टि जनाए। ‘हामी विषम् परिस्थितिमा छौं। बाढी पहिरोको मारमा छौं । खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने, ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं । संविधानको मर्ममाथि प्रहार भइरहेको छ। संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ।’
प्रकाशित मिति : September 10, 2026 at 3:59 pm


