१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

चोलेन्द्र विरूद्ध महाअभियोग फुकुवा भएको पत्रविरूद्धको रिट सर्वोच्चले गर्यो खारेज

२४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमको पत्र विरूद्धको रिट खारेज गरेको छ।

बुधबार संवैधानिक इजालासले उक्त रिटलाई खारेज गरेको हो। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा र शारंगा सुवेदी रहेको संवैधानिक इजलासले यससँग सम्बन्धित रिटहरू खारेज गरेको हो।

dainiki.com

संघीय संसद्का महासचिव भरतराज गौतमले उनीविरुद्धको निलम्बन फुकुवा हुने भनी सर्वोच्च अदालतमा पत्र लेखेका थिए । त्यही पत्रविरुद्ध नेपाल बार र सर्वोच्च अदालत बार एशोसियसनले सर्वोच्चमा रिट निवेदन दिएका थिए । तत्काल सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद् सचिवालयका त्यो पत्र कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : September 9, 2026 at 5:20 pm