२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

रविको प्रश्न: शोकमा परेको मानिसले भगवानलाई त सराप्छ भने सरकार र रास्वपा के हो र ?

२४ भदाै, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

विपद्‌मा सर्वस्व गुमाएका नागरिकको राज्यप्रतिको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै लामिछानेले सामाजिक सञ्जालमा पीडितको मजाक उडाउने वा कटाक्ष गर्ने आफ्ना दलका कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्।

dainiki.com

‘गहिरो शोकमा परेको मानिसले भगवानलाई त सराप्छ भने सरकार र रास्वपा के हो र? नागरिकको त्यो आक्रोश हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कार हो,’ उनले भने, ‘विपद्‌मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी वा ‘साइबर बुलिङ’ गर्ने कार्यमा रास्वपाका कुनै पनि सदस्य संलग्न भएको पाइएमा साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गरिनेछ।’

रसुवामा भएको प्राकृतिक विपद्पछि आफू विगतमा जस्तो तत्काल घटनास्थलमा नदेखिएकोबारे प्रष्टीकरण दिँदै उनले व्यक्तिभन्दा राज्यका संयन्त्रहरू बलियो हुनुपर्ने धारणा राखे। भावनामा बगेर एक्लै दौडिनुभन्दा राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न आफूले जिम्मेवारीबोध गरेको उनको भनाइ थियो। यद्यपि, उद्धार कार्यमा कुनै बाधा नपुग्ने गरी केही दिनमा सामान्य ढंगले प्रभावित क्षेत्रमा पुगेर नागरिकका पीडा सुन्ने उनले बताए।

प्रकाशित मिति : September 9, 2026 at 4:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/