२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

राज्य कहालीलाग्दो सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छः रवि लामिछाने (पूर्णपाठ)

२४ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राज्यले केही गरेन भन्नेहरूका लागि जवाफ दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले राज्य कहाँ छ ? भन्नेहरूलाई जवाफ दिएका हुन् ।

‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने ।

सरकारको तत्परतामाथि प्रश्न गर्ने ठाउँ आफूले नदेखेको बताए। घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा पनि सरकारले तत्परता देखाएको उनको भनाइ छ।

उनले भने, ‘कतिपय ठाउँमा बाटो छैन, सञ्चार छैन, मौसम अनुकूल छैन, तर ती सबै कठिनाइका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्।’ उनले प्रभावित क्षेत्रको अवस्था र क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै बाढी प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिइएको बताए। क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीलगायत अत्यावश्यक पूर्वाधार पुनः सञ्चालनमा ल्याउने कामसमेत अघि बढेको उनको भनाइ छ।

प्रकाशित मिति : September 9, 2026 at 3:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/