२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

भाेटेकाेशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो

२४ भदौ, काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहँदा हालसम्म १ हजार ३ सय ६७ जनाको शव फेला परेकाे छ ।  गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा शव फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । साथै, काठमाडौँमा उपचारका क्रममा रहेका दुई जनाको  मृत्यु भएको उल्लेख छ ।

dainiki.com

हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ । बाढी तथा विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेका छन् ।

 रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् । त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैङ्क तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् । नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : September 9, 2026 at 12:18 pm