२३ भदौ २०८३, मंगलबार | Wed Sep 9 2026

मध्यरातमा भूकम्पको शक्तिशाली धक्का, मुस्ताङको भूकम्पले काठमाडौँ हल्लायो

२४ भदौ, काठमाडौँ । सोमबार मध्यरातमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महशुष गरिएको थियो ।

मुस्ताङमा कालीगण्डकी किनार नजिककै भूकम्पको केन्द्रबिन्दु रहेको छ । ५ दशमलब ३ म्याग्निच्युडको भूकम्पले काठमाडाैँसम्म नै हल्लाएको थियो । भूकम्पको गण्डकी, बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा धक्का महशुष गरिएको छ । भूकम्पको क्षतिहरूको बारेमा केही सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : September 9, 2026 at 5:05 am