प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने
२२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाहले न्यूयोर्कमा हुने महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी छोटो भ्रमण सकेर असोज ९ गते स्वदेश फर्किने तय भएको छ।
उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् ।
प्रकाशित मिति : September 7, 2026 at 4:24 pm


