२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल

२२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेल आजै त्रिशूली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत अवलोकन गरेर फर्केका थिए । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : September 7, 2026 at 2:40 pm