बाढी प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति
२२ भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। राष्ट्रपति पौडेल सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा श्री नं १ सैन्य तालिम केन्द्र, विदुर नुवाकोट पुगेका हुन्।

उनले प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएको पौडेलको सचिवालयले जनाएको छ। पौडेलले बाढी प्रभावितलाई राखेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति : September 7, 2026 at 12:35 pm


