२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओका लागि ६ जनाको नाम सर्टलिस्ट

२१ भदौ, काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवारकाे नाम छनोट (सर्टलिस्ट) भएकाे छ। सीईओ नियुक्तिका लागि नाम सिफारिस गर्न अर्थ मन्त्रालयद्वारा गठित समितिले योग्यता र अनुभवका आधारमा उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।

समितिका अनुसार दरखास्त दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव तथा पेस गरिएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गर्दा उच्चतम अङ्क प्राप्त गर्ने ६ जनालाई सर्टलिस्ट गरिएको हो। सर्टलिस्टमा परेका उम्मेदवारहरूमा पिताम्बर भण्डारी, प्रताप सुवेदी, महेश रिमाल, विक्रान्त आचार्य, समता पन्त र सुमनकुमार अधिकारी रहेका छन् ।

dainiki.com

सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज १ र २ गते  हुनेछ। प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भएपछि सिफारिस समितिले उत्कृष्ट तीन जनाको नाम अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ। मन्त्रिपरिषद्को बैठकले ती तीन जनामध्येबाट एक जनालाई निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा नियुक्त गर्नेछ। अर्थ मन्त्रालयले रिक्त सीईओ पदमा नियुक्तिका लागि गत असार २७ गते आवेदन माग गरेको थियो। आवेदनका लागि २१ दिनको समय दिइएको थियो।

प्रकाशित मिति : September 6, 2026 at 12:22 pm