रसुवा बाढीः हालसम्म १३ सय ४१ जनाको शव फेला, ४ हजार ४४ सम्पर्कविहीन
२१ भदाै, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ७:४० बजेसम्म सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, फेला परेका शवहरूमध्ये ५२३ पुरुष, ३२५ महिला र ४९३ वटा शवका आंशिक अङ्गहरू रहेका छन् । यस विपत्तिमा परी अझै ४ हजार ४४ जना मानिसहरू बेपत्ता रहेका छन्, जसमा ३ हजार ४३८ नेपाली र ६०६ जना विदेशी नागरिक रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७ हजार २१२ जना नेपाल प्रहरीका जनशक्ति परिचालन गरिएको छ । उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सुरक्षाकर्मीको अथक प्रयासबाट हालसम्म ९ हजार १५१ जनाको जीवितै उद्धार गरिएको छ, जसमा ६ हजार ३१९ पुरुष र २ हजार ७४८ महिला रहेका छन् । हालसम्म १ हजार ३७ वटा शवको व्यवस्थापन गरिएको छ भने ९८ वटा शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति : September 6, 2026 at 9:23 am


