भोटेकोशी बाढीको ११ औँ दिनमाः ६४ वर्षीय चन्डिका श्रेष्ठको जिवितै उद्धार
२० भदौ, नुवाकोट । नुवाकोट बिदुर नगरपालिका १० बेत्रावती स्थित एक घरबाट ६४ वर्षीय एक महिलाको जिवितै उद्धार गरिएको छ । भोटेकोशी बाढीको ११ औँ दिनमा सशस्त्र प्रहरीको टोलीले शनिबार चन्डिका श्रेष्ठको जिवितै उद्धार गरेको हो ।

प्रहरीका अुनसार उहाँ आनन्द श्रेष्ठ श्रीमति रहेको बुझिएको छ । चारतले घरको चौँथो तलाबाट श्रेष्ठको सशस्त्र प्रहरी बलले नेपाल प्रहरीको सहयोगमा जिबितै उद्दार गरेको हो । इन्सपेक्टर सुमन बिकको कमान्डको टोलिले उद्दार गरेर हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।
प्रकाशित मिति : September 5, 2026 at 2:53 pm


