१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भरत खवास मेजर पदमा बढुवा

१९ भदौ, काठमाडौं ।नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा चर्चित स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन् । सेनानी अर्थात् मेजरमा बढुवा भएका खवासलाई उद्धारमा खटिएकै बेला कार्यक्षेत्रमै दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

dainiki.com

खवास अहिले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा नेपाली सेनाको टोलीसँगै खटिरहेका छन्। खेलाडीका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीको नेतृत्वसमेत गरिसकेका खवास नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट लामो समयदेखि व्यावसायिक फुटबल खेल्दै आएका छन्। राष्ट्रिय टोलीको जर्सीमा स्ट्राइकरको भूमिकामा मैदानमा देखिँदै आएका खवास पछिल्लो समय भने विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सैनिक जिम्मेवारी निर्वाह गरिरहेका छन्।

प्रकाशित मिति : September 4, 2026 at 4:04 pm