१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

त्रिशूली थ्री–ए आयोजना सुरुङबाट एउटा शव निकालियो

१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव बाहिर निकालिएको छ। शवको अहिले पहिचान हुन बाँकी छ । आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो ।

dainiki.com

उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : September 4, 2026 at 2:03 pm