१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

रसुवा बाढी अपडेटः १ हजार २५२ शव फेला, ७८७ शवको व्यवस्थापन

१८ भदौ, काठमाडौं ।रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

dainiki.com

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक छन्। त्यस्तै ४२८ वटा आंशिक अंग तथा ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ। खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको छ। हालसम्म ७८७ शवको व्यवस्थापन गरिएको छ।

प्रकाशित मिति : September 3, 2026 at 12:51 pm