पहिरो पन्छाएर मर्मत गरिँदैछ कृष्णभीरको सडक
१८ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । भदौ १४ गते भासिएको कृष्णभीरको सडक मर्मत कार्य बिहीबारदेखि अघि बढेको हो।पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिले पहिरो पन्छाउने काम भएको छ।

दुवै छेउबाट १८ जना परिचालन गरी रूख कटानको काम भइरहेको मन्त्रालयले जनाएको छ। रूख कटानको काम सम्पन्न हुनेबित्तिकै उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरू हुने मन्त्रालयले जनाएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ। राजमार्ग अवरूद्ध हुँदा यातायात सञ्चालनमा अवरोध भएको छ।
प्रकाशित मिति : September 3, 2026 at 11:52 am


