१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक प्रयोजनका लागि ग्यास उद्योगबाट व्यवसायी आफैँले ढुवानी गर्नुपर्ने

१७ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ ।ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ ।

dainiki.com

बुधबार निगमको कार्यालयको भएको बैठकमा अब ठूला होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले ग्यास आवश्यक परेमा बाहिरका जिल्लाहरुबाट आफै सवारी व्यवस्थापन गरेर ल्याउनुपर्ने निर्णय गरेको छ । अब व्यवसायीहरुले व्यवसायिक प्रयोजनका लागि तराईमा रहेको ग्यास उद्योगबाट आफै ग्यास लिएर आउनु पर्नेछ । काठमाडौंमा ट्रक मार्फत ल्याएका ग्यासका सिलिण्डरहरु भने आम उपभोक्ता, विभिन्न आश्रम र बाढी प्रभावितहरुलाई राखिएका होल्डिङ सेन्टरहरुलाई समानुपातिक ढङ्गबाट वितरण गरिने निगमले जनाएको हो ।

प्रकाशित मिति : September 2, 2026 at 5:22 pm