१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी जम्मा, १५ पालिकालाई बजेट निकासा

१७ भदौ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासा सम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।  प्रधानमन्त्री शाहका अनुसार सरकारले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

dainiki.com

उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।प्राधिकरणलाई उपलब्ध गराइएको उक्त रकममध्ये हालसम्म बाढी प्रभावित विभिन्न १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए। स्थानीय तहलाई सिधै बजेट उपलब्ध गराएर तत्काल राहत, पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका कामलाई गति दिने प्रयास गरिएको उनको भनाइ छ।

प्रकाशित मिति : September 2, 2026 at 1:59 pm