१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

१७ भदाै, काठमाडौं । काठमाडौं आउने मुख्य सडकखण्ड नागढुंगा पातले वनमा सडक भासिएको छ । सडक भासिएपछि मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका सवारी र दुईपाङ्ग्रे सवारीबाहेक अन्य सवारी साधनका लागि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।

dainiki.com

हाल पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र मोटरसाइकललाई भने सडक भासिएको सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ । त्यसपछि पूर्ण रुपमा सडक सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : September 2, 2026 at 11:57 am