चीनले डीएनए पहिचान उपकरणसहित शव चिन्न विज्ञ टोली नेपाल पठाउने
१६ भदौ, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीनले नेपालमा डीएनए पहिचानसम्बन्धी विज्ञ पठाउने जानकारी दिएका हुन्।उनका अनुसार चीनले डीएनए परीक्षण उपकरणसँगै ड्रोन, पानी शुद्धीकरण उपकरण तथा तत्काल आवश्यक पर्ने अन्य सामग्रीसमेत नेपाल पठाउनेछ।

नेपालमा बाढी तथा पहिरोपछि बेपत्ता भएका व्यक्तिको संख्या ठूलो रहेकाले शव पहिचान चुनौतीपूर्ण बनेको छ। नेपालमा नदीमा धेरै दिनसम्म रहेका कारण कतिपय शवको अवस्था बिग्रिएकाले पहिचान गर्न कठिन भइरहेको छ।
गत बुधबारको बाढीपछि दिनदिनै थप शवहरु प्राप्त भइरहेका छन्। मंगलबारसम्म कम्तीमा १००० वटा शव संकलन भइसकेको छ भने सम्पर्कविहीन हुनेको संख्या मंगलबार बिहानसम्म ३ हजार ९ सय १६ पुगिसकेको छ।
प्रकाशित मिति : September 1, 2026 at 2:08 pm


