प्रधानमन्त्री उद्धार कोषमा आरएसडीसी लघुवित्तकाे ५ लाख रुपैयाँ सहयो
१५ भदौ, काठमाडौं । आरएसडीसी लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत भदौ १० गते आएको बिनासकारी बाढी पहिरोमा बेपत्ता भएका तथा ज्यान गुमाएकाहरूको राहत तथा उद्वारमा सरकारको पहलप्रति ऐक्यवद्धता जनाउँदै उक्त सहयोग गरेको हो।
विपत्तिको यस कठिन घडीमा राहत तथा उद्धार कार्यका लागि नेपाल सरकार एवम् विभिन्न संघ-संस्थाहरूले गरेको सार्थक पहलप्रति ऐक्यबद्धता जनाउँदै संस्थाका तर्फबाट सहयोग प्रदान गरेको जनाएकाे छ।वित्तीय संस्थाले विज्ञप्ति जारी गर्दै बाढी र पहिरोका कारण ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
साथै, प्रकोपमा परी सम्पर्कविहीन भएका सर्वसाधारण, विभिन्न संघ-संस्था तथा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरिएको छ।
प्रकाशित मिति : August 31, 2026 at 5:39 pm


