१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

रसुवागढी सुरुङभित्र कोही भेटिएन, धुन्चे फर्कियो सेनाको टोली

१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ ।

dainiki.com

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो । उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ । सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ ।

प्रकाशित मिति : August 31, 2026 at 1:51 pm